दिलिप ढकाल, बैशाख १२- सल्यानको कालिमाटी गाउपलिकामा नेकपा एमालेले अध्यक्ष तथा उपाध्यक्ष पदको लागि उमेद्वारी दर्ता गरेको छ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कालिमाटी गाउपालिकाको अध्यक्ष पदमा निबर्तमान गाउपलिका अध्यक्ष दान बहादुर खत्री र कालिमाटी गाउपालिका उपाध्यक्ष पदको लागि निबर्तमान उपाध्यक्ष सहनशीलता वली डीसीले निर्बाचन अधिकृतको कार्यालय कालिमाटी गाउपालिका ३ रामपुर सल्यानमा गएर आफ्नो उमेद्वारी दर्ता गरेका हुन् हुन् ।
अध्यक्ष पदमा उमेद्वारी दिएका दानबहादुर केसी नेकपा एमाले जिल्ला कमिटि सल्यानका उपसचिव हुन् भने उपाध्यक्ष पदमा उमेद्वारी दिएकी सहनशीलता वली डीसी नेकपा एमाले जिल्ला कमिटि सल्यानकी सदस्य तथा अखिल नेपाल महिला संघकि केन्द्रिय सदस्य समेत हुन् । त्यस्तै नेकपा एमालेले कालिमाटी गाउपालिको वडा नम्बर १ देखि ७ सम्मका वडा हरुमा अध्यक्ष पदको लागि उमेद्वारी दर्ता गरेको छ । यस्तै नेकपा एमाले को तर्फ बाट वडा नम्बर १ को वडा अध्यक्ष पदको लागि रविलाल बस्नेत,वडा नम्बर २ को वडाअध्यक्ष पदको लागि ईन्द्र बहादुर ओली,वडा नम्बर ३ को वडाअध्यक्ष पदको लागि बिर बहादुर वली रहेका छन् ।
यस्तै वडा नम्बर ४ को वडा अध्यक्ष पदको लागि बेलबहादुर चन्द, वडा नम्बर ५ को वडा अध्यक्ष पदको लागि टोप बहादुर कार्की, वडा नम्बर ६ को वडा अध्यक्ष पदको लागि गणेश बहादुर सारु र वडा नम्बर ७ को वडा अध्यक्ष पदको लागि मित्र लाल सुनारले उमेद्वारी दर्ता गरेका छन् ।