सुर्खेत, बैशाख २२- दलित दलित समुदाय बिच नै जातीय विभेद रहेको र विवाह नचल्ने गरेको गरेको आरोप लागिरहेका बेला काठमाण्डौका सुरेश पुर्कुटीले सुर्खेतकी सीता वादीसंग मागी विवाह गर्नुभएको छ । काठमाण्डौ बुढानिलकण्ड नगरपालिका ८ भंगाल निवासी पुर्कुटीले वीरेन्द्रनगर नगरपालिका ११ झुप्राखोला निवासी सीता वादीसंग बैशाख २२ गते मागी विवाह गर्नुभएको हो ।
राष्ट्रिय दलित आयोग सदस्य तथा प्रवक्ता सुन्दर पुर्कोटीका छोरा सुरेश पुर्कुटीले धार्मिक सस्कार अनुसार झुप्राखोलामा वादीसंग विवाह गर्नुभएको हो । राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्मा, दलित अगुवा, सामाजिक अभियान्ता, अधिकारकर्मी, पत्रकार र राजनैतिक दलको उपस्थितीमा मागी विवाह सम्पन्न भएको हो । परिवर्तन आफैबाट गर्नुपर्छ र दलित दलित बिचको विभेद अन्त्य भएको सन्देश दिन वादी समुदायमा मागी विवाह भएको राष्ट्रिय दलित आयोग सदस्य सुन्दर पुर्कुटीले जानकारी दिनुभयो ।
अन्य समुदायले भनेजस्तो दलित दलित भित्र मागी र अन्तरजातीय विवाह सामाजिक रुपमा स्वीकारे भएको उहाँको भनाई थियो । उक्त विवाह समारोहमा आयोगका अध्यक्ष विश्वकर्माले पुर्कुटी र वादी समुदायमा भएको विवाहले समाजमा दलित भित्र विभेद नरहेको र भएको भए विवाह गर्न कुनै विभेद नहुने सन्देश दिएको बताउनुभयो । झुपाखोलामा धार्मिक परम्परा अनुसार मागी विवाह समारोहमा सयौको सहभगीता रहेको थियो ।
उपस्थिति सहभागीले दलित भित्रको आन्तरिक विभेद र छुवाछूत विरूद्वको एक परिवर्तनका रुपमा उक्त विवाहलाई लिएको बताएका थिए ।