कर्णाली प्रदेशकै नमुना छिन्चु बसपार्कको शिलान्यास

0
169

बसपार्क शिलन्यासपछि बोल्दै नगरप्रमुख ढकालले आधुनिक पुर्वाधारयुक्त र सुविधा सम्पन्न शहर निमार्णमा सरकार जुटेको बताए । बसपार्क बनेपछि छिन्चुलाई सुन्दर शहर बनाउने अभियानमा सहयोग पुग्ने नगरप्रमुख ढकालले विश्वास लिएका छन् । नमूना बसपार्कको रुपमा बसपार्क निमार्ण गर्न लागिएको बताउँदै नगर प्रमुख ढकालल बसपार्क सञ्चालनमा आएपछि यात्रुहरुलाई सहजता हुने र भेरीगंगाकोे विकासमा समेत टेवा पुग्ने बताए । नगर प्रमुख ढकालले ‘असार ३० गते सम्झौता भए पनि बिचमा बर्खा, विभिन्न चाडपर्व र मंसिर ४ को निर्वाचनले केही प्रभाव पारेर शिलन्यासमा ढिलाई भएको बताए । बसपार्क निर्माणको काम समयमै सम्पन्न गर्न नगर प्रमुख ढकालले निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् ।
नगरपालिकाले छुट्टै ठाउँ खरिद गरी सरकारसँग साटफेर गरेर २ दशमलव १५ हेक्टर क्षेत्रफलमा उक्त बसपार्क बनाउन लागेको नगरप्रमुख ढकालले बताए । शिलन्यास भएको बसपार्कमा तिन तले भवन, ३ वटा गेट, टिकट काउण्टर र विभिन्न पसलहरु सञ्चालन गर्न सकिने छ । बसपार्क निर्माणको काम २ वर्ष भित्र सक्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका छिन्चुमा बसपार्क नहुँदा धेरै नै सास्ती भएको स्थानियले गुनासो गरेका छन् ।                  पार्किङको व्यवस्था नहुँदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका हुन्छन् । विस्तारै नयाँ बस तथा धमाधम नयाँ संरचना बन्न थालेका छन । जसले गर्दा पार्किङमा झन थप समस्या बढ्दै गएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here