कर्णाणी प्रदेशकै नमुना छिन्चु बसपार्कको निर्माण सुरु

0
153

सुर्खेत, पुष १ -कर्णाली प्रदेशकै नमुना बसपार्कको रुपमा सुर्खेतको भेरीगगा वडा नम्बर १२ मा छिन्चु बसपार्क निर्माण सुरु भएको छ । कर्णाली प्रदेशको प्रवेशद्धारका रुपमा रहेको भेरीगंगाको छिन्चुमा बन्ने बसपार्क नगरविकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौतासहित १३ करोड लागतमा निर्माण सूरु भएको हो ।


भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले एक कार्यक्रमका बिच बसपार्क निर्माणको शिलन्यास गरे । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका छिन्चु बसपार्क आयोजनाका लागि अघिल्लो नगरपालिकाका जनप्रतिनिधी र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको थियो । नगर विकास कोष र नगरपालिका बिच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएपछि अहिले बसपार्क शिलान्याससंगै निर्माण सूरु भएको हो । करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त वसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । बसपार्क आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा लिएको छ ।

बसपार्क निर्माणको जिम्मा ग्राण्ड डिजाईन एण्ड कन्ट्रक्सन प्रा.लि बाँकेले पाएको छ । उसले सम्झौता बमोजिम २०८१ असार २९ गतेसम्म सम्पन्न गर्नेछ । आधुनिक बसपार्क निर्माण भए छिन्चुहुँदै रत्नरमार्गबाट सुर्खेत र कर्णाली राजमार्गमा आवतजावत गर्ने गाडी र छिन्चु जाजरकोट सडक खण्डमा गुड्ने सवारीहरुलाई पार्किङको सहज हुने भेरीगंगा नगरपालिकाका इञ्जिनियर विजय केसीले जानकारी दिए । बसपार्क निर्माणको काम समयमै सम्पन्न हुने नगर प्रमुख ढकालले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here