एमाले गुर्भाकोट घोषणापत्रमा शिक्षा, स्वास्थ्यमा जोड

0
362

दिलिप ढकाल, बैशाख २४- गुर्भाकोट कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणापत्रमा गुणस्तरीय शिक्षा स्वास्थ्यदेखि सिमान्तकृत समुदायको जिवन स्तर माथि उठ्ने खालका विभिन्न कार्यक्रमहरु अघि सारेको छ ।

जारी घोषणापत्रमा दीर्घरोगीलाई निःशुल्क उपचारदेखि एकल पुरुषलाई रोजगार तथा सीपमुलक कार्यक्रम, असक्त, सुत्केरी र दीर्घरोगीलाई प्रभावकारी सेवा प्रदान, सहज रुपमा जेष्ठ नागरिकलाई भत्ता उपलब्ध गराउने, तरकारी तथा फलफूलको संकलन केन्द्र स्थापना गर्ने वडा एक कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि शुलभ ब्याजदरमा कृषि कर्जा प्रवाह गर्ने, नगर क्षेत्रमा उत्पादनभएका वस्तुहरुको प्रर्दशन तथा प्रर्वद्धनका लागि कृषि मेला तथा हाट बजारको व्यवस्था, खाद्य सुरक्षाको लागि उन्नत पोषण र दीगो कृषिमा जोड दिइने बतएको छ ।

यसैबिच नेकपा एमाले सुर्खेतको वैचारिक पत्रिका ‘मार्गदर्शन’ प्रकाशन भएको छ । प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित उक्त अर्धवार्षिक म्यागजिनको शनिवार विमोचन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र जिल्ला उपाध्यक्ष कुलमणि देवकोटालगायतका नेताहरुले मुखपत्रको विमोचन गरेका हुन् । मार्गदर्शनको विमोचन गर्दै नेता कँडेलले यसले पार्टीको जनमत निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here