एक सातादेखि गुर्भाकोटकी पुष्पा ओली वेपत्ता

0
395

हेमन्त डिसी, पुष २४ -गुर्भाकोट ६ बडाखोली निवासी एक महिला एक सातादेखि वेपत्ता भएकी छिन् । स्थानीय २८ बर्षीय पुष्पा ओली एकसातादेखि वेपत्ता भएकी हुन् ।

गएको पुष १९ गतेदेखि पुष्पा ओली सम्पर्कविहिन भएको बताएको छ । सम्पर्कविहिन भएको एकसातासम्म पनि उनको कुनै अत्तोपत्तो नभएको परिवारजनको भनाई छ । घरबाट एकाएक हराएकी ओलीको केहीदिनसम्म मोबाईल फोनमा घण्टी जाने गरेको भएपनि दुई दिनदेखि फोन समेत स्वीच अफ भएपछि खोजीकार्यमा सहयोग गर्न परिवारजनले आग्रह गरेका छन् । खोजीकार्यका लागि आफन्तले आईतबार प्रहरी चौकी मेहेलकुनामा निवेदन दिएको भेरीगंगा वडा नम्बर ८ का वडाअध्यक्ष पुसे कामीले बताउनुभयो ।

पुष्पाका पति अहिले कामको शीलशीलामा नेपालबाहिर रहेको बताएको छ । उनका दुई छोरा र छोरी रहेका छन् । छोराछोरी घरमै छोडेर पुष्पा सम्पर्कविहिन भएपनि बालबच्चाको बिजोग भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here