उद्योग वाणिज्य संघ भेरीको अध्यक्षमा पुनः सोमराज ढकाल

0
79

टकमान मगर – उद्योग वाणिज्य संघ भेरी सुर्खेतको अध्यक्षमा पुनः सोमराज ढकाल निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न संघको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले ढकालको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्य समितिलाई सर्वसम्मत निर्वाचित गरेको हो ।


अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा जयबहादुर डाँगी, महिला उपाध्यक्ष पवित्रा खड्का, उद्योग उपाध्यक्ष चिरञ्जीवी पाण्डे, वाणिज्य उपाध्यक्ष धनमाया बुढा, महासचिव पूर्णबहादुर खत्री, सचिव अम्मर वली, कोषाध्यक्ष महेन्द्रप्रसाद जैसी तथा सदस्यहरूमा ज्ञाने नेपाली (सार्की), तिला थापा, अम्मरबहादुर नाथ, तेजबहादुर पौडेल, सनत खड्का, दिपक वली, माधवप्रसाद आचार्य, गणेश सुनार, दिपक रोकाय, कर्णबहादुर बुढा, गोमा थापा, गङ्गाप्रसाद ढकाल, लक्ष्मीप्रसाद रेग्मी एवं सम्मरचन्द ठकुरीलाई निर्वाचित गरेको छ । संघको विधान अनुसार निवर्तमान अध्यक्ष रत्नबहादुर अधिकारी पदेन सदस्य रहनुभएको छ ।


सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, कर्णाली प्रदेशसभा सदस्यद्वय खड्कबहादुर पोखरेल र कृष्णबहादुर जिसी, भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, लेकवेसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दलगायतले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । संघका अध्यक्ष ढकालले आफ्नो यो दोस्रो कार्यकालबाट भेरी क्षेत्रका उद्योगी तथा व्यापारीको हक, हित र अधिकार प्राप्तिका लागि अघि सारिएका अधुरा योजना तथा कार्यक्रमलाई मूर्तरूप दिँदै नयाँ काम अघि बढाइने बताउनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here