सुर्खेत, जेठ ११ -ईलाका प्रशासन कार्यालय मेहेलकुना गुर्भाकोट कार्यालय संचालनमा आएको छ । ईलाका प्रशासनद्धारा प्रदान गरीने सेवाका लागि गुर्भाकोट नगरपालिका वडा नम्बर ७ गोकलपुरमा कार्यालय संचालनमा आएको हो । ईलाका प्रशासनको अस्थायी प्रशासकीय भवनको तयारी भई संचालनमा आएको हो ।


कार्यालयको भाडामा भवन तयारी, कर्मचारी दरबन्दीसंगै कार्यालयमा उपस्थिती भएपछि ईलाका प्रशासन कार्यालय सूचारु भएको हो । केही दिनमा कार्यालयको विधिवत उद्घाटन गरेर ईलाका प्रशासनको दैनिक सेवा शुभारम्भ हुने गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले बताउनुभयो । गुर्भाकोट ७ स्थित गोकुलपुरमा स्थापना भएको ईलाका प्रशासन कार्यालयले केही दिनमा गुर्भाकोट, भेरीगंगा, लेकबेशी र सिम्ता गाउँपालिका लक्षित सेवा दिने मेयर पुनले भन्नुभयो । गुर्भाकोट ७ मा ईलाका प्रशासन बस्ने निर्णयसंगै घरभाडा, कर्मचारी नियुक्ति भैईसकेकोले कार्यालय संचालन भई अव सेवा विधिवत सूरु गर्न बाँकी रहेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि पूर्वी सुर्खेतका बासिन्दालाई सहज होस भन्नका लागि ईलाका प्रशासन कार्यालय स्थापना हुन लागेको हो । प्रशासनबाट नागरिकता, राहदानी, राष्टिय परिचयपत्र, सिफारिस जस्ता कार्य संचालन हुने छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here