अपाङ्ग पुनस्र्थापनाको जहरेमा चेतनामुलक कार्यक्रम सम्पन्न

0
391

भेरीगंगा, जेठ १८- अपाङ्ग पुनस्र्थापना केन्द्र भेरीगंगाको आयोजनामा तीन दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग र अपाङ्ग पुनस्र्थापना केन्द्र भेरीगंगाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा तीन दिनसम्म वडा नम्बर ९ मा अपाङ्गगता सम्बन्धि छलफल, अपांगताका बारेमा जानकारी र अपांगता अधिकारका विषयमा छलफल भएको सस्थाका अध्यक्ष टेकबहादुर ओरले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ९का नया जनप्रतिनिधी र निर्वतमान जनप्रतिनिधीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अपांगता भएका व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

वडा नम्बर ९ का वडाअध्यक्ष प्रेमबहादुर आग्रीको प्रमुख आतिथ्य र सस्थाका अध्यक्ष ओरको सभापतित्वमा कार्यक्रम भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here