अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

0
235

५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गुर्भाकोट नगरपालिकाको आयोजना तथा वडा कार्यालयको समन्वयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सेप्टेम्बर ८ मा मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिकाको आयोजना र वडा नं. ९ को समन्वयमा वक्तृत्वकला प्रतियोगिता राखिएको हो ।

स्वास्थ्य शिक्षाको महत्व शिर्षकमा साहारा इंगलिस मीडियम स्कुलमा आधारभुत तहको वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्री प्रमुख अथिती रहनु भएको उक्त कार्यक्रममा वडा सदस्य लोक बहादुर डाङी, साहारा ईङलिस मिडियम बोडिङ स्कुलका सस्थापक हरि खडका र विभिन्न बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

वडास्तरिय वक्तित्वकला प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्तवना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here